काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि वार्षिक चार लाख ८० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ ।
सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ वापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो ।








