खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तडले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

 

यता, इस्टर्न हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल १२ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । इस्टर्नले भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

Read More
  • MBL - below news