राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशी नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशी नियुक्त

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशी लाई नियुक्ती गरिएको बताए । सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको  पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

Read More
  • MBL - below news