सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौत, विपन्न महिलाको उपचारमा बैंकले सहयोग गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौत, विपन्न महिलाको उपचारमा बैंकले सहयोग गर्ने

काठमाडौँ / सानिमा बैंक लिमिटेडले विपन्न महिलाको उपचारमा सहयोग गर्ने भएको छ । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराउनेछ । 

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । 

Read More
  • MBL - below news