मस्कसँगको सम्झौतामा ट्विटरले खर्च गर्यो ३ करोड ३० लाख डलर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मस्कसँगको सम्झौतामा ट्विटरले खर्च गर्यो ३ करोड ३० लाख डलर

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरले मस्कले पेश गरेको कम्पनी खरीद सम्झौतामा ३ करोड ३० लाख डलर खर्च गरेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको यस वर्षको दोस्रो त्रैमासको आर्थिक प्रतिवेदनमा यसबारे बताइएको छ । कम्पनीले यस वर्षको अप्रिलदेखि जुन त्रैमासमा सो रकम खर्च गरेको हो । सो अवधिमा कम्पनीको मासिक दैनिक प्रयोगकर्ताको संख्या पनि बढेको छ । तर, घाटा अपेक्षाकृत बढेर २७ करोड डलरमा पुगेको छ ।

कम्पनीले गत अप्रिलमा मस्कले ४४ अर्ब डलरमा कम्पनी किन्न पेश गरेको प्रस्ताव स्वीकार गरेको थियो । जुनसम्मको तीन महीनामा सो सम्झौतामा अवरोध उत्पन्न हुने धेरै कुरा भइसकेको छ । मस्क कम्पनी किन्न चाहँदैन । तर, कम्पनी जसरी भए पनि मस्कलाई सम्झौता पूरा गराउन बाध्य पार्ने सुरमा छ । यसबारे तत्कालै फैसला हुँदैन । यसको लागि कम्पनीले कम्तीमा पनि अक्टोबरसम्म कुर्नु पर्नेछ ।

Read More
  • MBL - below news