थप २ वटा बैंकले ॠणपत्र निष्कासन गर्ने भएका छन् । लुम्बिनी विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् ।
बैंकले “केबीएल डिबेञ्चर २०८९” काे नाममा वार्षिक ११ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ३० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न असार ३१ गते निवेदन दिएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । बैंकले ॠणपत्र निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ ।








