साउन ३, काठमाडौं । एभरेष्ट बैकले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले २० लाख कित्ता एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक र एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९ नामक ऋणपत्रको २० लाख कित्ता गरेर कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन २ गत सेबोनबाट अनुमति पाएको हो ।
एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव ५ प्रतिशत रहेको छ भने कम्पनीले आगामी ६ वर्ष सम्मका लागि उक्त ऋणपत्र निष्कासन गर्न सेबोनको अनुमति पाएको हो ।








