लुम्बिनी विकास बैंकमा बोहराको दोस्रो कार्यकालको पदबहाली


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकमा बोहराको दोस्रो कार्यकालको पदबहाली

लुम्बिनी विकास बैंकले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा श्री नरेश सिंह बोहरालाई ४ बर्षको पदावधि सहित नियुक्ती गरेको छ । उक्त पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत  श्री उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको हर्षोल्लासपूर्ण उपस्थिती रहेको थियो ।

श्री नरेश सिंह बोहराले यस बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हॉसिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहॉको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट बृद्घि भएर ३.२८ अर्ब पुगेको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्घि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट बृद्घि भएर ४१.१३ अर्ब पुगेको छ । उहॉको कार्यकालको ४ बर्षमा बैंकका शेयरधनी महानुभावहरुलाई कुल ६०.७५% लाभांस वितरण गरिएको छ । बैंकको निष्कृय कर्जा ३.३४% बाट घटेर १.६८% कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ । 


नरेश सिंह बोहराले भारतको अग्रणी इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए. सम्मको योग्यता उत्कृष्ट अङ्कका साथ पुरा गर्नु भएको छ भने बिगत २५ बर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहि सफलताका साथ कार्य गर्दै आएका छन् । ब्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालिन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरी माछापुच्छ्रे बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाउनु भएको थियो । उहॉले तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि कुशलता पूर्वक भूमिका निर्वाह गर्नुभएको थियो ।

Read More
  • MBL - below news