काठमाडौँ / सिभिल बैंक लिमिटेड र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलबिच सम्झौता भएको छ ।
सिभिल बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा छुट उपलब्ध गराउन उक्त सम्झौता गरेको हो ।
आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैँकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन ।








