कामना सेवा विकास बैंकको डिसिईओमा दाहाल नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकको डिसिईओमा दाहाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ)  पदमा विनय दाहाल नियुक्त भएका छन् । बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल कामना सेवा विकास बैंकको डिसिईओमा नियुक्त भएका हुन् ।

विगत ५ वर्ष देखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनी एनआईसि एसिया बैंक तथा नबिल बैंक सँग आबद्ध भएर पनि काम गरी सकेका छन् । 

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुयाउने बैंकले विश्वास लिएको छ ।

Read More
  • MBL - below news