एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकबाट जारी गरिएको साधारण सेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार सेयर जारी गर्दा प्रकाशित विवरणपत्रको दफा ५.५ (छ) मा उल्लेख भए बमोजिम उक्त सेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकाले सो प्रयोजनका लागि उक्त अग्राधिकार सेयरको अन्तिम कारोबार असार ३१ गते रहने बैंकले जनाएको छ ।








