सोमबार कर्णाली विकास बैंकको सूचीकृत शेयरभन्दा धेरै शेयर विक्रीमा देखिएको छ। कम्पनीको मार्केट डेप्थमा ४ अर्ब कित्ताभन्दा धेरै शेयर विक्रीमा देखिएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकको ५३ लाख १०० कित्ता शेयर मात्रै सूचीकृत छ। यसमा पनि २७ लाख ३ हजार ५१ कित्ता संस्थापक शेयर छ भने २५ लाख ९७ हजार ४९ कित्ता साधारण शेयर छ। यसमा पनि कतिपय शेयर त कारोबारमा नै आँउदैनन।
तर सोमबार नेप्सेको टिएमएसमा भने फरक तथ्याँक देखिएको छ। कम्पनीको मार्केट डेप्थमा ४ अर्ब २९ करोड ४९ लाख ६७ हजार ७४ कित्ता शेयर बिकीमा देखिएको छ। यो शेयर कम्पनीको पूँजीभन्दा पनि कयौ गुणा धेरै हो।




