कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाईल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकिङ्ग सेवा विस्तार गने क्रममा मिति २०७९ साल आषाढ २६ गते आईतबारबाट मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर हरैंचा न. पा. वडा नं. १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा. पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
केराबारी गा. पा. वडा नं. १० थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बार (प्रो. धन बाहादरु लिम्बु), सुन्दर हरैंचा न .पा. वडा नं. १२ शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजन भगत) लाई र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ नमुना चोक स्थित बबि सप्लायर्स (प्रो. नन्द कुमार याफु राई) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधिहरु नियुक्त गरिएको छ ।
केराबारी गा. पा. वडा नं. १० का वडा अध्यक्ष श्री पुर्ण बहादुर मगर थापाटारमा, सुन्दर हरैंचा न. पा. वडा नं. १२ का वडा अध्यक्ष श्री रोशन प्रसाद ढकालले शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा. पा. वडा नं. ०१ का वडा अध्यक्ष श्री अनिल वाग्लेले नमुना चोकमा शाखा रवहत बैंकिङ्ग सेवाको समद्घुाटन गरी सेवा शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कार्मचारीहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सिविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।








