काठमाडौं : नबिल र नेपाल बंगलादेश बैंक सोमबार (असार २७ गते) बाट एकीकृत कारोबार सुरु गर्दैछन् । दुवै बैंक एक भएपछि नबिल बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेका थिए । केन्द्रीय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।
नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा एक्वायर गरेको हो । अर्थात, नेपाल बैंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।




