राष्ट्र बैंकले २०७७ चैतबाट कार्यान्वयनमा ल्याएको डलर कार्डबाट मासिक साढे चार करोड रूपैयाँभन्दा धेरै रकम विदेशिएको छ।
२०७७ चैतदेखि २०७९ जेठसम्म विभिन्न बैंकहरूबाट ३५ हजार ६ सय १८ वटा डलर कार्ड जारी भएका छन्। यो अवधिमा यस्तो कार्डमा कुल ८६ लाख ८६ हजार अमेरिकी डलर बराबर रकम अर्थात् करिब एक अर्ब ९ करोड ५४ लाख रूपैयाँ लोड भएको थियो।
त्यसमध्ये ५५ लाख २२ हजार डलर बराबर रकम अर्थात् करिब ६९ करोड ५७ लाख रूपैयाँ खर्च भएको राष्ट्र बैंकको तथ्यांक छ।








