लुम्बिनी विकास बैंकद्वारा किर्तीमानी आरोहीलाई सम्मान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकद्वारा किर्तीमानी आरोहीलाई सम्मान

लुम्बिनी विकास बैंकसँग स्थापनाकाल देखि “निरन्तर सहयात्रा” गर्दै आउनु भएका  किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पाले आफ्नो २६औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको गर्नु भएको छ । शेर्पा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल हुनुभएको छ । यस अवसरमा बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्र किर्तीमानी आरोही शेर्पालाई प्रदान गरेको छ । सो सम्मान–पत्र बैंकका अध्यक्ष श्री दशरथ रिसालले विकास बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच प्रदान गर्नु भयो ।

किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्ध हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गरेको जानकारी दिनुभयो । उहाँको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंकका साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।
 

Read More
  • MBL - below news