नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा चार दिन अवरुद्द हुने भएको छ। यी दुई बैंकबीच मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले सो को लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको छ ।
जसअनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन (Data migration) गर्ने प्रयोजनको लागि मिति २०७९/०३/२४ गते शुक्रबार कार्यालय समय पछि मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंक लि. का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार र मिति २०७९/०३/२५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर (365 days Banking) तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने ।




