सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ आषाढ २१ गते आफ्नो स्थापनाको १०औं वर्ष पुरा गरी ११औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।
संस्थाले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरुमा छात्राछात्रहरुलाई शैक्षिक सामग्री वितरण, समुदायमा डस्टबिन वितरण तथा सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरी १०औं वार्षिकोत्सव मनाएको हो ।








