सिभिल बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सिभिल बैंक लिमिटेडले ११ प्रतिशत ब्याजदरको ५ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । 

उक्त ऋणपत्र निष्कासनका लागि बैंकले असार १६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै निवेदन दर्ता गरेको छ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले २० लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ भने ३० लाख कित्ता व्यक्तिगत तवरबाट परिपत्र विधिमार्फत बैंक आफैले विक्री गर्नेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Read More
  • MBL - below news