मंगलबजारमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मंगलबजारमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर

 

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । ललितपुर वडा नम्बर १६ का अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सन्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । 

 उक्त उद्घाटन समारोहमा स्थानीय व्यावसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजय कुमार गौतम, बंैकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिती थियो । 

Read More
  • MBL - below news