२ वटा कम्पनीको १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा खुला


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ वटा कम्पनीको १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा खुला

असार २०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एन आई सी एशिया बैंकले आज सोमवार (असार २० गते) देखि १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका छन् । 

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एन आई सी एशिया बैंकको ७ लाख १९ हजार ९५०  कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका हुन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य रू. ७०० तोकेको छ भने एन आई सी एशिया बैंकले रू. ४२५ तोकेको छ ।  लगानीकर्ताले यही मूल्यलाई  आधार मानेर लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन रद्द हुनेछ ।   ....

Read More
  • MBL - below news