इन्टरनेट नहुँदा रोकियो भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्टरनेट नहुँदा रोकियो भुक्तानी

गोरखा : धार्चे गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध हुँदा आर्थिक कारोबारलगायतका काम अवरुद्ध भएको छ। नेपाल टेलिकमले वितरण गरेको फोरजी अवरुद्ध हुँदा असार मसान्तको चापाचापमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेले जानकारी दिए।

‘तीन दिन भयो, इन्टरनेट चलेको छैन। सिस्टम सबै ठप्प छ’, आलेले भने, इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर (ईएफटी) ले पनि काम गर्दैन, सूत्र सफ्टवेयर पनि चल्दैन।’ हतारका बेला पनि कम्प्युटर बन्द गरेर बस्नु परेको उनले बताए।

असार २४ सम्म बिल भर्पाइ फस्र्योट तथा भुक्तानी दिइसक्नु पर्ने कानुनी सीमा छ। ‘डेडलाइनभित्र काम गर्न नपाइने भयो भनेर तनाव भइरहेको छ’, उनले भने, ‘गत वर्ष पनि यही बेलामा इन्टरनेट सेवा नचलेर गाउँपालिकाको कार्यालय एक दिनको बाटो टाढा पर्ने धादिङको सल्यानटारबाट सञ्चालन गरिएको थियो। यस वर्ष पनि के गर्ने भन्ने सोच्नै सकिएन।’ फोनसेवासमेत तीन दिनदेखि अवरुद्ध भएको उनले बताए।

Read More
  • MBL - below news