लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भकुण्डेवेशि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई, समितिको कार्यालय – नमोबुद्ध न.पा. ७, काभ्रेमा अवस्थित संस्थालाई खानेपानी कार्यालय सञ्चालनको लागि सहयोग गरेको छ ।
बैंकको भकुण्डेवेशि शाखा कार्यालयका प्रमुख विनोद गिरीले संस्थाका अध्यक्ष श्री उद्घव प्रसाद हुमागाँई लाई उक्त सामान हस्तान्तरण गरेका हुन् । श्री विनोद गिरी ले भकुण्डेवेशि क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकोे लागी सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताएका छन् ।
उक्त कार्यक्रममा बैंकका शाखाका शाखा प्रवन्धक श्री विनोद गिरी र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट प्रमुख अतिथि अध्यक्ष श्री उद्घव प्रसाद हुमागाँई र सदस्यहरु वसुनारायण श्रेष्ठ भिम कुमार मैनाली तथा अन्य सदस्यहरु सहित करिब ३५ जनाको उपस्थिति रहेको थियो । भकुण्डेवेशि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा हाल करिब ८०० उपभोक्ता सदस्यहरू रहेका छन् ।
हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र यस बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।








