अब उद्योग दर्तादेखि लगानी झिक्नेसम्मका सेवा अनलाइनबाट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब उद्योग दर्तादेखि लगानी झिक्नेसम्मका सेवा अनलाइनबाट

अबदेखि उद्योग विभागका सम्पूर्ण काम अनलाइनबाट हुने भएको छ। विभागले बुधबार सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो।

विभागको सेवालाई अनलाइनमा लैजान इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आइएमआइएस) सफ्टवेयर सार्वजनिक गरेको हो।

पाइलटिङको रूपमा विदेशी लगानी शाखाबाट अनलाइन सेवा सुरू गरिएको विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्यायले जानकारी दिइन्। 'अहिले विदेशी लगानी शाखाबाट गरेका छौं,' उनले भनिन्, 'साउनबाट फुलफेजमा लैजान्छौं।' 

परीक्षणका रूपमा काम सुरू गरिएकाले केही समस्या आए तत्काल समाधान गरिँदै लैजाने उनको भनाइ छ। नयाँ सफ्टवेयर विकाससँगै उद्योग दर्तादेखि सर्टिफिकेटसम्मको काममा अब सेवाग्राही विभाग पुग्नु पर्दैन।

Read More
  • MBL - below news