काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरेपछि प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना र अन्य चार जना नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् । एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।
भुपेन्द्र पाण्डे पूर्वाधार विकास बैंक हुँदै एन बैंक पुगेका हुन भने सुजितकुमार शाक्य ग्लोबल आइएमइ बैंक हुँदै नबिल बैंक पुगेका हुन । त्यस्तै, मनोज ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदै नबिल पुगेका हुन भने विनयकुमार रेग्मी भने नविल बैंकमा नै लामो समयदेखि कार्यरत छन् ।




