हिमालयन हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं : हिमालयन हाइड्रोपावरको आइपीओमा ४७ करोड १७ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहीबार (असार १६ गते) बिहान १०.४ बजेसम्ममा ४ लाख ५ हजार ८४२ जनाले ४७ लाख १७ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.५७ गुणा बढी आवेदन हो । 
 

कम्पनीले बुधबार (असार १५ गते) बाट १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५% अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

Read More
  • MBL - below news