ई-सेवा मनी ट्रान्सफर र लुलुबीच रेमिटेन्स भुक्तानी सम्झौता, ८४ शाखाबाट पैसा पठाउन सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ई-सेवा मनी ट्रान्सफर र लुलुबीच रेमिटेन्स भुक्तानी सम्झौता, ८४ शाखाबाट पैसा पठाउन सकिने

ई-सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएईस्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।

यस सम्झौतासँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत युएई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्जका मार्फत नेपालमा रेमिटेन्स पठाउन सकिनेछ।

उनीहरूले युएई भरी रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गई ई-सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्। यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन्।

Read More
  • MBL - below news