काठमाडौँ / नबिल बैंक लिमिटेडले सक्षमकर्ता तथा सामाजिक उद्यशीलता पुरस्कार प्रदान गरेको छ । सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको (नविल एसएसई)को पहिलो ब्याचको २० जना फेलोहरूले Enablers या Social Entrepreneurship Award प्राप्त गरेका हुन् । नेपाल उद्योग परिसंघ अन्तर्गतको CNIYEF Nepal सो अवार्ड प्रदान गरिएको हो ।
सिएनआईवाईइएफ नेपालले असार ११ गते काठमाडौँमा आयोजना गरेको सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्ट २०२२मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरूलाई सामूहिक रूपमा सो अवार्ड प्रदान गरेको हो ।
२०७८ साल चैत ७ गतेदेखि शुरू गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ ।




