अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको विशेष अफर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको विशेष अफर

काठमाडौं । इसेवाले अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस मंगलबार मनाइँदै छ । सो अवसरमा मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमा शुल्क भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

जीवन बीमा कम्पनीमा गएर सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक अफर पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ ।

Read More
  • MBL - below news