काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले असार २८ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार १२ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय बीमा कम्पनीहरू पूँजी बृद्धिकै लागि मर्जर तथा प्राप्ती प्रकृयामा जाने लहर चलिरहदा यस कम्पनीले पनि सोही प्रकृयामा जाने संकेत गरेको छ । कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको हो । सभाले मर्जर तथा प्राप्ती सम्बन्धी आवश्यक काम गर्न सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।








