एस वाई प्यानल नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।
कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । २०७४÷०३÷२० गते स्थापना भएको एस.वाई. प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस.वाइ. कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ ।
कम्पनीले चितवन जिल्लाको रत्ननगर न.पा, वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।





