स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आइएमई लाइफ इन्स्योरेन्सले एक प्रेस विज्ञप्ति जारी गरी आइएमई बालकिरण जीवन बीमा योजना बिमितहरूमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बीमालेख भएको सार्वजनिक गरेको छ।
बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ।








