काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँ नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com/ र बाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।






