‘इन्स्टेन्ट पेमेन्ट डिजिटल प्लेटफर्म’बारे अध्ययन गर्न लगानी बोर्ड र जाइकाबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘इन्स्टेन्ट पेमेन्ट डिजिटल प्लेटफर्म’बारे अध्ययन गर्न लगानी बोर्ड र जाइकाबीच सम्झौता

काठमाडौँ — ‘इन्स्टेन्ट पेमेन्ट डिजिटल प्लेटफर्म प्रोजेक्ट’ विकास गर्नेबारे प्रारम्भिक सर्वेक्षणका लागि लगानी बोर्डको कार्यालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच सम्झौता भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि अकिमित्सु ओकुबोले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरे ।

सम्भाव्यता अध्ययन गर्न लागिएको यो परियोजनाबाट नेपालले अबलम्बन गरेको डिजिटल नेपाल फ्रेमवर्क तथा रणनीतिसँग सामन्जस्यता कायम गर्नका लागि सम्भाव्य डिजिटल पूर्वाधारको सम्पूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । डिजिटल प्रणालीबाट हुने भुक्तानी वास्तविक समयमै खातामा पुग्ने (रियल टाइम सेटलमेन्ट) व्यवस्था कार्यान्वयनका लागि यो प्रोजेक्टले मद्दत पुर्‍याउने ठानिएको छ । ...

Read More
  • MBL - below news