विदेशबाट पठाएको पैसा कुमारी बैंकको कार्डमा आउने, ५०० रुपियाँ प्रोत्साहन पनि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विदेशबाट पठाएको पैसा कुमारी बैंकको कार्डमा आउने, ५०० रुपियाँ प्रोत्साहन पनि

कुमारी बैंकले विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ। बैंकले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा यो सुविधा ल्याएको हो ।

बैंकका अनुसार विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ्ग वा VISA Card तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् । विदेशबाट भिसा डाईरेक्ट (VISA Direct) मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।

Read More