एनबी बैंकका कर्मचारीलाई ‘पाकिस्तानी’को संज्ञा, नबिलसँगको मर्जर नै भाँडिने खतरा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनबी बैंकका कर्मचारीलाई ‘पाकिस्तानी’को संज्ञा, नबिलसँगको मर्जर नै भाँडिने खतरा

नबिल बैंकले प्राप्तिको प्रकृयामा रहेको नेपाल बंगलादेश बैंकका कर्मचारीमाथि गम्भीर आरोप लागेको छ। नबिल बैंकको कर्मचारी युनियनले एक बिज्ञप्ती जारि गर्दै नेपाल बंगलादेश बैंकका कर्मचारीलाई 'पाकिस्तानीको संज्ञा' दिएको हो। 

आफुहरुलाई जापानिजको संज्ञा दिंदै नबिल बैंकका कर्मचारी युनियनले नेपाल बंगलादेश बैंकका कर्मचारीलाई भने 'पाकिस्तानीको संज्ञा' दिएको हो। 

नबिल बैंकको कर्मचारी युनियन 'नबिल बैंक कर्मचारी संघ' ले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, 'जतिसुकै प्रगतिशील कुराको दुहाई दिए पनि के पाकिस्तानको जनशक्तिको कार्य दक्षताको मिलान जापानको जनशक्तिको कार्य दक्षतासँग तुलना गर्न सकिन्छ ?' 

Read More