हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरको सम्बन्धमा 'नन डिस्क्लोजर एग्रिमेन्ट' भएको छ । केहि दिन अघि २ बैंकबीच मर्जर प्रकृया अगाडी बढाउने विषयमा 'नन डिस्क्लोजर एग्रिमेन्ट' सम्बन्धि सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि हिमालयनले सिभिलसँग मर्जरको लागि कुरा अघि बढाएको हो । यस अघि मर्जरका विविध विषयको टुंगो नलगाई इन्भेष्टबैंकसंग मर्जर सम्झौता गर्दा मर्जर भाडिएकोले हिमालयनले मुख्य सम्झौता अघि नै 'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेको हिमालयनका एक संचालकले बिजपाटीलाई जानकारी दिए।







