सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी यस सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णयको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट श्री नुर निधि न्यौपानेले हस्ताक्षर गर्नुु भएको व्यहोरा जानकारी गराइन्छ । यस डेभलपमेन्ट बैंक र महानगरपालिका बिच भएको सम्झौता अनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने व्यहोरा जानकारी गराईन्छ । 

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडांै महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय विहान ९.३० वजे देखि ५ वजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । 
 

Read More