फेसबुक, गुगल र ट्वीटरलाई जरिवाना गर्ने जापानको तयारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फेसबुक, गुगल र ट्वीटरलाई जरिवाना गर्ने जापानको तयारी

७ असार, काठमाडौं।  जापान सरकारले विभिन्न ४८ वटा ठूलो प्रविधि कम्पनीहरुमाथि जरिवाना गर्ने तयारी गरेको छ ।

मुलुकमा आफ्नो कार्यालय नराखेको भन्दै जापानले फेसबुकको मातृ कम्पनी मेटासँगै गुगल र ट्वीटर लगायतका कम्पनीलाई जरिवाना गर्ने भएको हो ।जापानले उल्लेखित विश्वस्तरीय कम्पनीहरुलाई आफ्नो मुलुकमा कार्यालय स्थापना गर्नका लागि गत मार्च सम्मको समय दिएको थियो । जापान सरकारको त्यस्तो निर्देशनलाई अवज्ञा गरेको र जापानमा दर्ता भएर कार्यालय स्थापना नगरेको भन्दै ४८ वटा विदेशी प्रविधि कम्पनीहरुमाथि कारवाही गर्ने जापानले निर्णय गरेको हो ।

Read More
  • MBL - below news