माण्डु र माइखोला हाइड्रोपावरले आपीओ जारी गर्ने, दुवैको बिक्री प्रबन्धक प्रभु क्यापिटल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
माण्डु र माइखोला हाइड्रोपावरले आपीओ जारी गर्ने, दुवैको बिक्री प्रबन्धक प्रभु क्यापिटल

काठमाडौं : माण्डु हाइड्रोपावर र माइखोला हाइड्रोपावरले आइपीओ निष्सकासन गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छन् । माण्डुले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारी गरेको छ । यसले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । 
 

उक्त आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन सुरु गरिसकेको छ । माण्डुले सोमबार प्रभु क्यापिटलसँग बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता गरेको हो । सम्झौतामा माण्डु हाइड्रोपावरका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

Read More
  • MBL - below news