काठमाडौंमा कल सेन्टरबाट अमेरिकामा ठगी, ११ जना पक्राउ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
काठमाडौंमा कल सेन्टरबाट अमेरिकामा ठगी, ११ जना पक्राउ

५ असार, काठमाडौं । नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिक गरी १३ जना पक्राउ परेका हुन् ।

उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन् ।

Read More
  • MBL - below news