आदर्श लघुवित्तको आइपीओमा पर्यो १७ लाख ९६ हजार बढीको आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आदर्श लघुवित्तको आइपीओमा पर्यो १७ लाख ९६ हजार बढीको आवेदन

काठमाडौं : आदर्श लघुवित्तको आइपीओमा २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (असार ५ गते) साँझ ५ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जनाले २ करोड १ लाख ४२ हजार ६१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३२१.६८ गुणा बढी आवेदन हो । 
 

यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज (असार ५ गते) अन्तिम दिन हो । कम्पनीले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ३ हजार ३५० कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

Read More