महालक्ष्मी विकास बैंक र कालिज गार्डेन इको रिसोर्ट बिच सम्झौता, बैँकका ग्राहकलाई रिसोट विशेष छुट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंक र कालिज गार्डेन इको रिसोर्ट बिच सम्झौता, बैँकका ग्राहकलाई रिसोट विशेष छुट

काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टबिच छुट गरेको छ ।  

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैँकले हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो । 

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बैँकले जनाएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Read More
  • MBL - below news