विश्व बैंकद्वारा डिजिटल नेपाल परियोजनाका लागि १७ अर्ब रुपैयाँ स्वीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विश्व बैंकद्वारा डिजिटल नेपाल परियोजनाका लागि १७ अर्ब रुपैयाँ स्वीकृत

विश्व बैंकले नेपाललाई ‘डिजिटल नेपाल एक्सेलेरेसन (डीएनए) परियोजनाका लागि १४० मिलियन अर्थात् १७ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग दिने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच विश्व बैंकका कार्यकारी निर्देशकले उक्त परियोजनाका लागि आर्थिक सहयोग स्वीकृत गरेका हुन् ।

डीएनए परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सकिने बताइएको छ । ‘डिजिटल रुपान्तरणलाई अँगाल्ने देशहरूले हरियो, लचिलो र समावेशी विकासमा उन्नती गर्नेछन्’ नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले भनेका छन् ।

डिजिटल अर्थतन्त्रले मानिसहरू र व्यवसायहरूलाई सूचना, सेवा र बजारसँग जोड्न मद्दत पुग्ने विश्व बैंकको विश्वास छ । यो परियोजनाले देशको डिजिटल अर्थतन्त्र डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा समेत सहयोग पुग्ने बैंकले बताएको छ । ...

Read More
  • MBL - below news