नबिल बैंकमा आकर्षक सुबिधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकमा आकर्षक सुबिधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा

पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा "Nabil Eco-Friendly Business Loan” जारी गरेको छ।

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनबिनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयां कर्जायोजना ल्याएको हो । यस कर्जायोजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५%)  कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि  क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुबिधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुचमा जोड दिनेछ । साथै, आफ्ना ग्राहक वर्ग सम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले “Nabil SME सहकार्य योजनामा ” आबद्ध गराउनेछ ।

Read More