वार्षिक डेढ खर्ब विदेशी मुद्रा कमाउँदै सूचना प्रविधि क्षेत्र!


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वार्षिक डेढ खर्ब विदेशी मुद्रा कमाउँदै सूचना प्रविधि क्षेत्र!

नेपालीहरू आबद्ध सूचना प्रविधि (आइटी) क्षेत्रले डेढ खर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरिरहेको यस क्षेत्रका व्यक्तिहरूको दाबी छ। 

अहिले सरदर २० हजारभन्दा धेरै जनशक्ति आइटीमा आबद्ध रहेको एफवान सफ्टका निर्देशक तथा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा बताउँछन्। ती जनशक्तिले प्रतिव्यक्ति मासिक छ लाख रूपैयाँभन्दा धेरै कमाइरहेको उनको भनाइ छ।

'आइटीमा आवद्ध व्यक्तिहरूले सरदर मासिक ५ हजार डलर कमाइ गरिरहेका छन्,' सापकोटाले भने, 'राज्यले यो क्षेत्रलाई साथ लिएर अगाडि बढिरहेको छैन। तर यो क्षेत्र नेपालका लागि विदेशी मुद्रा आम्दानीको राम्रो स्रोत हुनेछ।'

Read More
  • MBL - below news