डिजिटल वालेटको नियमन किन हुँदैन ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल वालेटको नियमन किन हुँदैन ?

काठमाडौँ — झापा, बिर्तामोडका सुवास (नाम परिवर्तन) लाई गत मंसिर १८ मा साथी रमणले मध्यरातमा फेसबुकमा म्यासेज पठाए । दाइ अस्पतालमा भएकाले पैसा खाँचो परेको भन्दै उनले सुवाससँग सापटी मागेका थिए । गाह्रै पर्‍यो कि भनेर सुवासले रमणलाई मोबाइल र फेसबुक म्यासेन्जरमा अडियो कल गरे । दुवैतिर फोन उठेन ।

‘म बोल्न मिल्ने अवस्थामा छैन, यो नम्बरमा ई–सेवाबाट पैसा पठाइदेऊ’ भन्दै रिप्लाई आयो । साथीलाई मद्दत गर्न सुवासले २५ हजार रुपैयाँ ट्रान्सफर गरिदिए ।

पैसा पठाएको केहीबेरपछि फेरि अर्को म्यासेज आयो । रमणले ‘यतिले त नपुग्ने भयो, अझै २५ हजार पठाइदेऊ, भोलि बिहानै फिर्ता गर्छु’ भने । सुवासले पुनः पठाउन खोजे । तर दिनमा १० पटकभन्दा बढी कारोबार गर्न नमिल्ने वालेटको नियमले गर्दा पैसा पठाउन सकेनन् । यो कुरा रमणलाई सुनाए । वित्तीय संस्थामा काम गर्ने उनका साथी रमणले ‘ई–सेवाको आईडी र पासवर्ड पठाऊ, म आफैं मिलाउँछु’ भनेर म्यासेज पठाए ।

Read More
  • MBL - below news