बीमा कम्पनीमा पनि गोएमएल लागू, शंकास्पद कारोबारमा प्रत्यक्ष निगरानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा कम्पनीमा पनि गोएमएल लागू, शंकास्पद कारोबारमा प्रत्यक्ष निगरानी

 नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरूको लागि पनि शंकास्पद कारोबार सम्बन्धी सूचना गोएमएल पोर्टलमार्फत् नै उपलब्ध गराउनुपर्ने प्रावधान आजदेखि लागू गरेको छ । यसअघि पाक्षिकरूपमा बीमा कम्पनीहरूसँग शंकास्पद कारोबार वा रकमको सीमा नाघेका बीमितबारे जानकारी माग गर्दै आएको बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले असार १ गतेबाट लागू हुने गरी अनिवार्य दैनिकरुपमा कारोबार सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । बीमा कम्पनीले सिडिमा र इमेलमार्फत पाक्षिक तथ्यांक पेश गर्दै आएका थिए ।

शंकास्पद कारोबार, निगरानीमा राखिनुपर्ने सूचीमा रहेका राजनीतिक पष्ठभूमीका व्यक्ति, रु १ लाख वा सोभन्दा बढी भुक्तानी गर्ने बीमितको सम्बन्धमा जानकारी पेश गर्नको लागी बीमा कम्पनीलाइ गोएमएल सफ्टवेयर प्रयोग गर्न सुझाव दिइएपनि अधिकांश बीमकले प्रयोगमा ल्याएका छैनन् ।

Read More
  • MBL - below news