३१ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्न प्रस्ताव गरेको छ । साइबर सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावित मस्यौदामा देशभित्र रहेका कम्प्युटर वा कम्प्युटर प्रणालीलाई साइबर सुरक्षा प्रदान गर्न सोसँग सम्बन्धित अन्य कार्य गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्ने प्रस्ताव गरिएको छ ।
केन्द्रको कार्यालय काठमाडौं उपत्यकामा रहने र केन्द्र स्वशासित संस्था हुने विधेयकको मस्यौदामा उल्लेख छ ।
साइबर सुरक्षाबारेमा नीति निर्माण गर्न नेपाल सरकारलाई परामर्श दिने, कम्प्युटर र कम्प्युटर प्रणालीको साइबर सुरक्षा निरीक्षण गर्ने गर्ने, साइबर सुरक्षा खतरा सम्बन्धमा २४/७ भरी नै अनुगमन गर्न केन्द्रको कुनै महाशाखा वा शाखालाई जिम्मेवारी प्रदान गर्ने लगायतका जिम्मा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको हुनेछ ।








