ग्लोबल आइएमई क्यापीटल को निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिमालयन हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १ (साविक पार्चे गा.वि.स का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. २ (साविक नामार्जुन गा.वि.स.का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. ३ र ४ (साविक थुमाकोडाँडा गा.वि.स.का सम्पूर्ण वडाहरु) र मादी गाउँपालिका ६ र ७ (साविक सिल्दुजुरे गा.वि.स.का सम्पूर्ण वडाहरु) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता अंकित मुल्य रु.१००।– दरको जम्मा ९,००,००० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो उक्त शेयर बाँडफाँट गर्नको लागि आज मिति २०७९/०२/३१ गते मंगलबारका दिन निष्काशन तथा बिक्री प्रबन्धक, ग्लोबल आईएमई क्यापीटल लि. को कार्यालय नक्साल, काठमाडौंमा बाँडफाँट गर्ने कार्य सम्पन्न भएको छ ।
शेयरको बाँडफाँट गर्ने क्रममा कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रमा रहेका संकलन केन्द (ग्लोबल आइएमई बैंक लि., माछापुछ्रे बैंक लि., मुक्तिनाथ विकास बैंक लि. र गरिमा विकास बैंक लि.का शाखा कार्यालय) हरु तथा आस्वा प्रणालीबाट आवेदन दिनुहुने ६७८ जना आवेदकहरुबाट २,८४,४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा प्राप्त भएका आवेदनहरु हेर्दा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु बाहेकका बासिन्दाहरुबाट समेत आवेदन दिएको देखिएकोले निजहरुको स्थायी ठेगानाको सम्बन्धमा निजहरुले दरखास्त बुझाएको आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा पत्राचार गर्दा प्राप्त भएको विवरणकोे आधारमा थप अध्ययन गर्दा २३ जना आवेदकहरुबाट २,७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु आयोजना प्रभावित क्षेत्र बाहेकको क्षेत्रबाट आवेदन प्राप्त भएकोेले उक्त आवेदनहरुलाई रद्द गरी ६५५ जना आवेदकहरुबाट २,८१,७५० कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु रीतपूर्वक रहेको देखिएकोले ६५५ जना आवेदकहरुलाई २,८१,७५० कित्ता शेयर बाँडफाँट गरिएको छ । यस बाँडफाँट कार्यक्रममा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि, सिडिएस एण्ड क्लियरिङ्ग लि., निष्काशनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धकका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ ।







